इन्फिनिक्सको नयाँ गेमिङ फोन नेपालमा, २४ जीबीसम्म र्‍याम बढाउन मिल्ने

नेपाली बजारमा इन्फिनिक्सको नयाँ फोन सार्वजनिक भएको छ । गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै इन्फिनिक्सले आफ्नो नयाँ स्मार्टफोन जीटी ट्वान्टी प्रो (GT20pro) सार्वजनिक गरेको हो । यो फोनमा डेडिकेटेड गेमिङ डिस्प्ले चिप राखिएको छ । ६.७८ इन्चको फुल एचडी एमोलेड डिस्प्ले रहेको जीटी ट्वान्टी प्रोमा १४४ हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । जसमा अधिकतम १३०० निट्सको ब्राइटनेश छ । । यसका साथै फोनमा मेका लुप लाइटनिङ डिजाइन दिइएको छ । त्यस्तै एन्ड्रोइड १४ मा आधारित यो फोनमा  मिडियाटेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिप सेट पाउन सकिन्छ । फोनमा अक्टा कोर सीपीयू र माली जी ६१० एमसी ६ जीपीयू राखिएको छ ।

नेपालको पहिलो गेमिङ फोन भनेर दाबी गरिएको जीटी ट्वान्टी प्रोमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज दिइएको छ । कम्पनीका अनुसार फोनको र्‍याम बढाएर २४ जीबीसम्म पुर्‍याउन सकिन्छ । यसमा ट्रिपल क्यामेरा सेटपअप दिइएको छ । जसमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो र डेफ्थ क्यामेरा पाउन सकिन्छ । त्यस्तै यसको सेल्फी क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ । कम्पनीले यसमा ५,००० एमएएच क्षमताको ब्याट्री दिएको छ । जसका लागि फोनको साथमा ४५ वाटको फास्ट चार्जर पाउन सकिने छ । फोनमा भीसी लिक्विड कुलिङ, डुअल स्पिकर, बाइपास चार्जिङ, फिङ्गर प्रिन्ट जस्ता फिचर पनि रहेका छन् । मेका ब्लु, मेका अरेन्ज, मेका सिल्भर गरी तीन रङ्गमा उपलब्ध यो फोन नजिकका मोबाइल आउटलेट तथा ईकमर्स साइट दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यो फोन नेपालमा हालै सम्पन्न पब्जी मोबाइल सुपर लिग (पीएमएसएल सीएसए) प्रतियोगितामा समेत प्रयोग गरिएको थियो ।

नेपाली बजारमा यो फोनको मूल्य ४७ हजार ९९९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *