डिलिट गरिएका पुराना तस्वीर किन देखिए आइफोनमा ? यस्तो छ एप्पलको जवाफ

हालैका दिनमा आइफोन प्रयोगकर्ताहरुको फोटो ग्यालरीमा त्यस्ता तस्वीरहरू पनि देखिन थाले । जसलाई उनीहरुले १० वर्षअघि नै डिलिट गरिदिएका थिए । डिलिट गरेका त्यस्ता पूराना तस्वीर आइफोनमा पुनः देखा पर्दा आइफोन प्रयोगकर्ताहरु हैरान भए । करिब एक हप्तासम्म आइफोनमा यस्तो समस्या देखियो । आखिर किन यस्तो भयो ? आइफोन निर्माता एप्पलले यसबारेमा प्रष्टीकरण दिएको छ । एप्पलका अनुसार एउटा बगका कारण यस्तो भएको हो । उक्त बग एप्पलको अपरेटिङ सिस्टम आईओएस १५.५.१ म देखिएको थियो । एप्पलले सो बगलाई समाधान गर्नका लागि अपडेट जारी गरेको छ ।

BEIJING, CHINA – JANUARY 07: Customers gather as they take part in a class to learn how to use their iPhones at an Apple Store on January 7, 2019 in Beijing, China. Apple Inc. lowered its revenue guidance last week, blaming China’s slowing economy and weaker than expected iPhone sales, as the company’s chief executive officer Tim Cook said in a letter to investors the sales problems were primarily in its Greater China region that accounts for almost 20 percent of its revenue and includes Hong Kong and Taiwan. (Photo by Kevin Frayer/Getty Images)

सो बगका बारेमा विस्तृतमा जानकारी दिंदै एप्पलले करप्ट डेटाबेसका कारण त्यस्तो भएको जिकिर गरेको छ । तथापि उक्त बगका कारण आइक्लाउडका तस्वीरहरू भने प्रभावित नभएको एप्पलको भनाइ छ । कतिपय प्रयोगकर्ताहरुले आफूले पुरानो आइफोनबाट २०१० मै डिलिट गरेका तस्वीहरू आफ्नो नयाँ आइफोनमा देखिएको जनाएका छन् । एप्पलले भने प्रयोगकर्ताहरुले नयाँ फोन प्रयोग गर्ने बेलामा पुरानो फोनका डेटाहरुको ब्याकअप लिने भएकाले यस्तो भएको बताएको छ ।

तर, आफ्नो पुरानो फोनलाई फ्याक्ट्री रिसेट गरेर बेचिसकेका प्रयोगकर्ताहरु भने यो बगबाट प्रभावित नभएको एप्पलको भनाइ छ  ।त्यसैले त्यस्ता प्रयोगकर्ताहरुले आफ्ना तस्वीरहरू अरु कसैको हातमा परे कि ? भन्ने चिन्ता गर्नु नपर्ने एप्पलले जनाएको छ ।

साथै यो बगबाट निकै कममात्रै प्रयोगकर्ताहरु प्रभावित भएको पनि एप्पलको दाबी छ ।

तपाईको प्रतिकृया