नेपालमा स्मार्टवाचको माग बढ्दै गएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मंसीर महिनासम्म १५ करोड ७१ लाख ५४ हजार रुपैयाँ बराबरका ८१ हजार ७३५ थान स्मार्टवाच आयात भएको छ।
यो अवधिमा सरकारले ४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। आयात गरिएको स्मार्टवाचमध्ये ७४ हजार १२० थान चीनबाट भित्रिएको छ, जसको मूल्य ११ करोड ३५ लाख ९६ हजार रुपैयाँ छ। भारतबाट १ करोड ४ लाख ९६ हजारको ६ हजार २९२ थान र भियतनामबाट ३ करोड १८ लाख ७३ हजार बराबरका १ हजार १२८ थान आयात भएको छ।
नेपालमा कुल २१ मुलुकबाट स्मार्टवाच आयात भएको छ।

तपाईको प्रतिकृया