समुद्रको गहिराइमा अक्सिजनको रहस्य: नयाँ वैज्ञानिक चमत्कार

वैज्ञानिकहरूले समुद्रको गहिराइमा अक्सिजन उत्पादन हुने नयाँ खोज गरेका छन्, जसले पृथ्वीमा जीवनको उत्पत्तिको बारेमा धेरै समयदेखि विश्वास गरिएको सिद्धान्तलाई चुनौती दिएको छ। यो खोज अँध्यारो अक्सिजन (Dark Oxygen) को रूपमा चिनिन्छ, र यसको अस्तित्व समुद्रका गहिरा भागमा सूर्यको प्रकाशको अभावमा पनि अक्सिजन उत्पादन भइरहेको देखाउँछ।

यो अध्ययन गत जुलाईमा नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको हो। वैज्ञानिकहरूका अनुसार, समुद्रको गहिराइमा पोलिमेटलिक नोड्युलहरू नामक खनिजले समुद्री पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गर्ने प्रक्रियामा भाग लिन सक्छन्। यस प्रक्रियालाई इलेक्ट्रोलाइसिस भनिन्छ, र यसले अक्सिजन उत्पादन गर्न मद्दत पुर्याउँछ, जसका कारण समुद्रको गहिराइमा पनि अक्सिजनको उपस्थिती देखिन्छ।

यो खोजसँगै, वैज्ञानिकहरूले पृथ्वीमा जीवनको उत्पत्तिको सिद्धान्तमा पुनः विचार गर्न थालेका छन्। यसअघि, अक्सिजनको उत्पादन केवल सूर्यको प्रकाशमार्फत प्रकाश संश्लेषणको माध्यमबाट मात्र सम्भव भएको विश्वास गरिएको थियो। तर, यो नयाँ अध्ययनले यो विश्वासलाई उल्टाएको छ, जसले समुद्रको गहिराइमा जीवनको सम्भावनाका बारेमा नयाँ दृष्टिकोण दिएको छ।

तर, यो खोजमा केही विवाद पनि उत्पन्न भएको छ। केही वैज्ञानिकहरूले यसलाई चुनौती दिएका छन्, भने केहीले यसलाई सही मान्न असहमत भएका छन्। यो खोज विशेष गरी समुद्रको गहिराइमा खनिज उत्खनन गर्ने खानी कम्पनीहरूको लागि महत्त्वपूर्ण छ, जसले पोलिमेटलिक नोड्युलहरूमा पाइने धातुहरूको उपयोगका बारेमा सोचेका छन्।

यस अध्ययनले समुद्रको गहिरो पारिस्थितिकी प्रणाली र खानी उत्खननका सम्भावित प्रभावहरूको बारेमा पनि महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ। वातावरणीय समूह ग्रीनपीसले भनेको छ कि गहिरो समुद्री खानीले समुद्रको पारिस्थितिकीलाई नकारात्मक प्रभाव पार्न सक्छ।

यो अनुसन्धान क्यानाडाली गहिरो-समुद्री खानी व्यवसाय, द मेटल्स कम्पनीको फण्डिङमा गरिएको थियो, जसले समुद्रको गहिराइमा खनिज उत्खननको पारिस्थितिक प्रभावको मूल्याङ्कन गर्न चाहेको थियो। यसबाहेक, स्वीटम्यानको निष्कर्षलाई चुनौती दिने थप शैक्षिक पत्रहरू पनि प्रकाशनको प्रक्रियामा रहेका छन्।

तपाईको प्रतिकृया