साइबर अपराधीबाट एप्पलले जोगायो ९ खर्ब रुपैयाँ

अमेरिकी कम्पनी एप्पलले सन् २००८ मा एप स्टोर लञ्च गरेको थियो । त्यसयता कम्पनीले यसको सुरक्षाका लागि सदैव साइबर प्रविधि उद्योगको सबैभन्दा उन्नत प्रविधिको प्रयोग गर्दै आएको छ । एप्पलको सोही साइबर सुरक्षा प्रविधिका माध्यमबाट प्रयोगकर्ताहरुको ७ अर्ब अमेरिकी डलर जोगिएको छ। एप्पलका अुनसार सन् २०२० देखि सन् २०२३ सम्ममा खतरनाक साइबर ठगीजन्य कारोबारहरु रोकेर उसले प्रयोगकर्ताहरुको अर्बौँ डलर जोगाइदिएको छ । त्यसमध्ये १ अर्ब ८० करोड डलर त केवल २०२३ मा मात्रै बँचाइएको छ ।

BEIJING, CHINA – JANUARY 07: Customers gather as they take part in a class to learn how to use their iPhones at an Apple Store on January 7, 2019 in Beijing, China. Apple Inc. lowered its revenue guidance last week, blaming China’s slowing economy and weaker than expected iPhone sales, as the company’s chief executive officer Tim Cook said in a letter to investors the sales problems were primarily in its Greater China region that accounts for almost 20 percent of its revenue and includes Hong Kong and Taiwan. (Photo by Kevin Frayer/Getty Images)

ऋाफ्नो चौथो वार्षिक ठगी रोकथाम विश्लेषण रिपोर्टमा एप्पलले यस्तो दाबी गरेको हो । जस अनुसार एप्पलले १ करोड ४० लाख वटा चोरी गरिएको क्रेडिट कार्डहरु ब्लक गरिसकेको छ र ३३ लाख वटा अकाउन्टहरुलाई ती कार्डमार्फत् रकम चोरी गर्नबाट रोकेको छ । ग्तवर्ष सन् २०२३ मा मात्रै एप्पलले चोरीको क्रेडिट कार्डबाट हुने ३५ लाख वटा किनमेल कारोबार रोक्न सफल भएको छ । त्यसक्रममा ११ लाखवटा यस्ता अकाउन्टहरुमाथि प्रतिबन्ध लगाइएको छ जसले चोरीको कार्डबाट सामान किन्ने कोसिस गरिरहेका थिए ।

एप्पलले सार्वजनिक गरेको वार्षिक ठगी विश्लेषण रिपोर्टमा एप्पल स्टोरका नियमहरुले प्रयोगकर्ताहरुलाई ठगीका एपहरु ऋादिबाट जोगाउँछ भन्ने बारेमा बताइएको छ । एप्पलले गतवर्ष १७ लाख वटा एपलाई एप स्टोरमा प्रवेशका लागि गरेको निवेदन अस्वीकृत गरिएको जनाएको थियो । ती एपहरुले एप स्टोरको नियमको मापदण्ड पूरा गर्न नसकेको एप्पलको भनाई छ । रिपोर्ट अनुसार सन् २०२३ मा एप्पलले करीब ३७ करोड ४० लाखवटा डेभलपर्स तथा ग्राहक अकाउन्टहरुलाई बन्द गरिदिएको छ। त्यसक्रममा एप्पलले गतवर्ष १ लाख १८ हजार वटा डेभलपर्स अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ताकि उनीहरुले ठगी गर्ने एप तयार गर्न नसकून् ।

ठगी सम्बन्धी समस्याका कारण थप करीब ९१ ह्जार डेभपलर्सले एप्पलको एप स्टोरमा प्रवेश पाएका थिएनन् ।

 एजेन्सीको सहयोगमा

तपाईको प्रतिकृया