२५ करोड 5G ग्राहकको साथ भारतले डिजिटल विस्तारमा नयाँ सफलता हात पारे

भारतले ५जी सेवाको महत्वपूर्ण माइलस्टोन पार गर्दै २५ करोड फाइभजी ग्राहकको संख्या पुरा गरेको छ। भारतको सञ्चार मन्त्रालयका अनुसार, २०२२ मा ५जी सेवाहरू सुरु भएदेखि, देशभरि तीव्र गतिमा यसको प्रयोगकर्ता संख्या बढ्दै गएको छ।

सम्प्रति, भारतभर ४ लाख ६९ हजारभन्दा बढी ५जी आधार स्टेशनहरू तैनाथ गरिएका छन् र ९९.६ प्रतिशत जिल्लाहरूमा ५जी सेवाहरू उपलब्ध छन्। यो सञ्जालले ग्रामीण र शहरी क्षेत्रको बीचको अन्तरलाई कम गर्दै एक उच्च गतिको इन्टरनेट पहुँच पुर्याएको छ।

भारतको मोबाइल ब्रोडब्यान्ड बजारको परिप्रेक्ष्यमा, भारतीय दूरसञ्चार नियामक प्राधिकरण (TRAI) को अनुसार, २०२४ को अन्त्यमा देशमा लगभग ८९८.५७ मिलियन मोबाइल ब्रोडब्यान्ड ग्राहक हुने अनुमान गरिएको छ। ५जी ग्राहकहरू अहिले मोबाइल ब्रोडब्यान्डका कुल ग्राहकहरूको लगभग २७.८ प्रतिशत छन्। यसले ५जी सेवाको प्रभाव र यसको विस्तारलाई दर्शाउँछ।

इटीटेलिकमको रिपोर्ट अनुसार, फाइभजी सेवाहरूको तैनातीमा प्रमुख टेलिकम कम्पनीहरूले निर्धारित न्यूनतम रोलआउट दायित्व पूरा गरेका छन्। रिलायन्स जियो र भारती एयरटेलले अक्टोबर २०२२ मा व्यावसायिक ५जी सेवाहरू सुरु गरेका थिए र २०२४ को सुरुमा राष्ट्रव्यापी रोलआउट पूरा गरेका छन्। भोडाफोन आइडियाले मुम्बईमा ५जी नेटवर्क सुरु गरेको छ।

नोकियाले पनि आफ्नो पछिल्लो रिपोर्टमा अनुमान गरेको छ कि २०२८ सम्ममा भारतमा ५जी सदस्यता ७७ करोड पुग्ने छ। तथापि, मन्त्रालयको तथ्याङ्क अनुसार, २०२४ को अन्त्यसम्म २९ करोड ५जी ग्राहक हुने अपेक्षा गरिएको छ, जुन नोकियाको अनुमानभन्दा ४ करोड कम हो।

यस विकाससँगै, भारतको ५जी सेवाले भविष्यमा प्रविधिको नयाँ युगको संकेत दिँदै राष्ट्रको डिजिटल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने छ।

तपाईको प्रतिकृया