
Img Source: Reuters
फेब्रुअरी १७ – दक्षिण कोरियाको डेटा संरक्षण निकायले चिनियाँ एआई एप डीपसिकलाई नयाँ डाउनलोड गर्न नपाउने निर्णय गरेको छ। डीपसिकले कोरियाली व्यक्तिगत डेटा संरक्षण सम्बन्धी कानुनका केही प्रावधानलाई बेवास्ता गरेको स्वीकार गरेपछि यो निर्णय लिइएको हो।
दक्षिण कोरियाको व्यक्तिगत जानकारी सुरक्षा आयोग (PIPC) ले सोमबार दिएको जानकारीअनुसार, डीपसिक सेवा प्रदायकले आवश्यक सुधार नगरेसम्म यो प्रतिबन्ध कायम रहनेछ। हालका लागि नयाँ डाउनलोड रोकिए पनि वेबमार्फत सेवा भने उपलब्ध रहनेछ।
गत हप्ता मात्र डीपसिकले दक्षिण कोरियामा कानुनी प्रतिनिधि नियुक्त गरेको थियो। PIPC का अनुसार, कम्पनीले कोरियाली डेटा सुरक्षाका केही पक्षलाई उपेक्षा गरेको स्वीकार गरेको छ। यही कारण सरकारको नियामक संस्थाले सुधार नभएसम्म नयाँ प्रयोगकर्ताहरूलाई एप डाउनलोड गर्न रोक लगाउने निर्णय गरेको हो।
यसअघि, इटालीको डेटा संरक्षण निकाय ‘गारान्टे’ ले पनि डीपसिकलाई आफ्नो देशमा च्याटबट सञ्चालनमा रोक लगाउन आदेश दिएको थियो। इटालीका नियामकहरूले एपको गोपनीयता नीतिसम्बन्धी चासोहरू सम्बोधन गर्न नसकेको आरोप लगाएका थिए।
डीपसिकले यो निर्णयबारे कुनै आधिकारिक प्रतिक्रिया नदिएको भए पनि, चीनको विदेश मन्त्रालयका प्रवक्ताले फेब्रुअरी ६ मा आयोजित पत्रकार सम्मेलनमा डाटा गोपनीयता र सुरक्षालाई चीन सरकारले महत्त्व दिने बताएका थिए। साथै, उनले बेइजिङले कुनै कम्पनी वा व्यक्तिलाई गैरकानुनी रूपमा डेटा संकलन वा भण्डारण गर्न आग्रह नगर्ने स्पष्ट पारे।
नयाँ प्रविधिहरूको आगमनसँगै डेटा गोपनीयता र सुरक्षा सम्बन्धी बहस विश्वभर चर्कंदै गएको छ। दक्षिण कोरियाले पनि डेटा सुरक्षामा कडा नीति अपनाइरहेको देखिन्छ।
Section Title
दक्षिण कोरियामा चिनीया एआई एप डीपसिक प्रतिबन्धित
Byआईटी खबर, February 17, 2025 शिक्षा Img Source: Reuters फेब्रुअरी १७ – दक्षिण कोरियाको डेटा संरक्षण निकायले चिनियाँ एआई एप डीपसिकलाई नयाँ डाउनलोड गर्न नपाउने निर्णय गरेको छ। डीपसिकले कोरियाली व्यक्तिगत डेटा संरक्षण सम्बन्धी कानुनका केही… Read More
आईफोन १७ को नयाँ डिजाइन: क्यामेरा बार र सानो डाइनामिक आइल्यान्ड
Byआईटी खबर, February 16, 2025 ग्याजेट्स Img Souce: Apple Hub एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको करिब छ महिना भइसकेको छ, तर प्रविधि क्षेत्रका जानकारहरू आईफोन १७ का सम्भावित विशेषताहरूबारे चर्चा गर्न थालिसकेका छन्। हालै सार्वजनिक भएका… Read More
भिजन प्रो प्रयोगकर्ताले पाउने भए एआईको अनुभव
Byआईटी खबर, February 16, 2025 ग्याजेट्स,शिक्षा,हार्डवेयर Img Source: Newsroom एप्पलले आफ्नो प्रिमियम Vision Pro हेडसेटमा नयाँ एआई सुविधाहरू थप्ने तयारी गरेको छ। कम्पनीले आगामी सफ्टवेयर अपडेटमा ‘Apple Intelligence’ नामक प्रविधि एकीकृत गर्ने छ, जसले… Read More
टिकटक पुनः अमेरिकी एप स्टोरमा उपलब्ध
Byआईटी खबर, February 14, 2025 प्रविधि,समाचार बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धलाई अस्थायी रूपमा स्थगित गरेपछि चिनियाँ स्वामित्वमा रहेको सोसल मिडिया एप टिकटक पुनः एप्पल र गुगलको अमेरिकी एप स्टोरमा फर्किएको छ।… Read More
गुगलको एआईले पहिचान गर्यो ९६ प्रतिशत नीति उल्लङ्घन गर्ने युट्युब सामग्री
Byआईटी खबर, February 13, 2025 प्रविधि,साइबर सुरक्षा बीबीसीका अनुसार, सन् २०२५ को ‘सुरक्षित इन्टरनेट दिवस’ मा, गूगलले आफ्नो डिजिटल सुरक्षाप्रति पुनः प्रतिबद्धता जनाउँदै भारतका प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न लिइएका उपायहरूको विस्तृत जानकारी सार्वजनिक… Read More
एन्डुरिलले(Anduril) सेनाको हेडसेट कार्यक्रमको नेतृत्व गर्ने
Byआईटी खबर, February 12, 2025 शिक्षा,समाचार बिबिसीका अनुसार, अमेरिकी रक्षा प्रविधि कम्पनी एन्डुरिलले माइक्रोसफ्टको २२ अर्ब डलर बराबरको यूएस आर्मी मिक्स्ड-रियालिटी हेडसेट कार्यक्रम हातमा लिएको छ। कम्पनीले उक्त हेडसेट विकास, उत्पादन र आपूर्तिको… Read More
एआई र आईटीको युग : प्रधानमन्त्री ओलीको जोड
Byआईटी खबर, February 11, 2025 प्रविधि,समाचार प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित इन्टरनेट दिवसको अवसरमा शुभकामना सन्देश दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधि (आईटी) को महत्वलाई प्रकाश पारेका छन्। उनले समयको मागलाई बुझ्न यी दुई… Read More
मस्कको १०० अर्ब डलर प्रस्ताव अस्वीकृत!, कसले हुन सक्छ?
Byआईटी खबर, February 11, 2025 शिक्षा,समाचार एलन मस्कले च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईलाई १०० अर्ब डलरमा किन्ने प्रस्ताव गरेका छन्। तर ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। मस्कका वकिल मार्क… Read More